Logo

जरायोको सिङ र सालको खपटा सहित पक्राउ



काठमाडौं, २२ साउन । संरक्षित वन्यजन्तु जरायोको सिङ र सालको खपटा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने २ थान आखेटोपहार र ३६ पीस सालकको खपटा सहित सोही नगरपालिका ३ बस्ने ४५ वर्षीया माइली पुतुवार बिहीबार पक्राउ परेका हुन् ।

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट समेत खटिएको टोलीले अवैध रुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको अवस्थामा उक्त सिङ र खपटा सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय पानीमुहान काठमाडौं बुझाईएको उक्त व्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot