Logo

बिल नभएका ५ सय थान मोबाइल बोकेर हिड्दा…



नवलपरासी (पूर्व), २२ साउन । बिल नभएका ५ सय ९५ थान मोबाइल सहित २ जना पक्राउ परेका छन् । विनयीत्रिवेणी गाउँपालिका १ बाट विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका ८ बस्ने ४३ वर्षीय अर्जुन ढकाल र सोही ठाउँ बस्ने ४० वर्षीय ईन्द्रलाल श्रेष्ठ रहेका छन् । प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल नभई अवैध रुपमा ल्याएको उक्त मोबाइल फेला पारी गाडी चालक अर्जुन र ईन्द्रलाललाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot