Logo

‘अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्छ’ : महेश बस्नेत



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरुले सर्वोच्च अदालतको फैसलालाई लोकतान्त्रिक शक्ति भएको नाताले गलत हो भन्दै स्विकारेको स्पष्ट पारेका छन् । उनले क्रान्तिलाई सपोर्ट हुनेगरि अघि बढ्नुपर्नेमा जोड दिए । यसअघिको सरकारले गरेका कार्यक्रमलाई निरन्तरता दियो भने आफुहरुले सहयोग गर्ने तर असहयोग गर्यो भने आफुहरु खरो रुपमा उत्रिने उनको भनाई थियो ।

आज रकाठमाडौं उपत्यकामा उपलब्ध राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्यहरुको तुलसीलाल स्मृति प्रतिष्ठान भवन ललितपुरको च्यासलमा आकस्मिक बसेको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भूमि आयोग विघटन गरेको विषयमा पनि आफूहरुको असहमति रहेको धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot