Logo

अबदेखि एनएमबि बैंकले फिक्स्ड ब्याजदरमै घर कर्जा दिने



काठमाडौं, २२ साउन । एनएमबि बैंकले अब फिक्स्ड ब्याजदरमै घर कर्जा दिने भएको छ । अब घर कर्जा लिने ऋणीहरु निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने भएका छन् । एउटै ब्यादरमा घर कर्जा दिने एनएमबि बैंकले योजना ल्याएसँगै ऋणीहरु उक्त चिन्ताबाट मुक्त हुने बिश्वास लिएको छ ।

एनएमबि बैंकले प्रतिवर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ । बैंकले ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारेको जनाएको छ ।

यसैगरी, फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रतिवर्ष ७.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकले डेरा भाडा तिर्नेे पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्याउने बैंकको विश्वास छ ।

बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot