Logo

विद्यान महाधिवेशनको तयारीमा जुटे अध्यक्ष ओली, च्यासलमा नेताहरुसँग अनौपचारिक छलफल



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनको तयारीमा जुटेका छन् । त्यसको लागि ओलीले आज तुलसीलाल अमात्य प्रतिष्ठानमा नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् । छलफलमा सहभागी एक नेताकाअनुसार नेताहरुबीच आपसी समझदारीको आधारमा विधान महाधिवेशनको लागि मस्यौदा तयार पारिने भएको छ । यसको लागि अध्यक्ष ओलीले नेताहरुसँग अधिकतम छलफल गर्ने बताएका छन् । नवौं महाधिवेशनबाट पारित विधानमा संशोधन गरिने तयारी छ ।

उता, वरिष्ठ नेता माधव कुमारन नेपाल समूहले केन्द्रीय कमिटी बैठक राखेको छ । बैठकमा अधिकांश नेताहरुले सम्माजनक एकताको पक्षमा आवाज उठाएका छन् । तर, ओलीसँग कुनैपनि हालतमा आत्मसपर्मण गर्न नहुने उनीहरुको धारणा छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्