Logo

राष्ट्रियसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश



काठमाडौँ, २२ साउन: राष्ट्रियसभामा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले उक्त विधेयक पेश गरेका हुन्।

यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६-०७७’ सभामा पेश गरे । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ सभा समक्ष टेबुल गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot