Logo

युवा संघ नेपालले ‘महिनामा २ दिन–२ घण्टा मेरो, राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने (निर्णयसहित)



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालनिकट युवा संघ नेपालले युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्यबोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ‘महिनामा २ दिन, २ घण्टा मेरो, राष्ट्रका लागि’ नामक स्वयसेवकीय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यमा बसेको केन्द्रीय पदाधिकारीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । उक्त अभियान प्रत्येक महिनाको दुई वटा शनिबार २÷२ घण्टा देशैभरि निरन्तर सञ्चालन हुने अध्यक्ष नरेश कुमार शाहीले जानकारी गराएका छन् ।

त्यस्तै, बैठकले २०७८ साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहसम्म पिपुल्स भोलेन्टियर गठन गरिसक्ने पनि निर्णय गरेको छ । एमाले पार्टीभित्र अहिले देखिएका विवाद र अन्तरसंघर्षहरु अध्यक्ष केपी शर्मा ओलीको व्यवहार र शैलीको कारण उत्पन्न भएको जनाईएको छ । ओलीकै कारण नेपालको कम्युनिष्ट आन्दोलन समस्याग्रस्त बनेको पनि बैठकको निश्कर्ष छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्