Logo

राष्ट्र बैंकको आरटीजीएस प्रणाली शनिबार सुचारु हुने



काठमाडौं, २२ साउन । भोली शनिबार पनि नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली संचालन हुने भएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै भोली पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको हो ।

बैंकको अनुसार ‘विकास ऋण्पत्र २०७९ (घ)’को ब्याज भुक्तानी प्रयोजनको लागि बिहान १०ः ३० देखि ११ः ३० बजेसम्म प्रणाली सुचारु गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot