Logo

प्रधानमन्त्री देउवालाई अब पैसा कमाउनु छैन, भोलिका दिनमा कृति राख्नेगरि काम गर्नुपर्छ : पुरुषोत्तम दाहाल (भिडिओसहित)



काठमाडौं, २३ साउन । बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सरकार बनेको यतिका दिन बितिसक्दापनि सरकारले पूर्णता पाउन नसक्दा सरकारको सार्वजनिक छवि राम्रो नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग समन्वयकारी भूमिका खेल्ने स्वभाव रहेको नेताको रुपमा चित्रण गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारले नागरिकको जीवन रक्षाको लागि काम गर्नुपर्ने सुझाव दिए । त्यस्तै, सरकारले भ्रष्टाचार नियन्त्रणको लागि पनि उचित कदम चाल्नुपर्ने उनको सुझाव छ ।

उनले प्रधानमन्त्री देउवालाई अब पैसा कमाउनुपर्ने वा सम्पत्तिको मोह गर्नुपर्ने कुनै कारण नभएको र पाँच पटक प्रधानमन्त्री भैसकेको व्यक्ति भएकोले अब कृति कसरी राख्ने भनेर काम गर्नुपर्ने पनि धारणा राखे । त्यस्तो सोच राखेर काम गरे कृति राख्नपनि सम्भव रहेको उनको भनाई छ ।

पछिल्लो समय प्रधानमन्त्री देउवालाई विपीसँग तुलना गरेर भिडियो बनाउने र उनको प्रशंसा गरेर बनाईएको भिडिओप्रति दाहालले आफ्नो असन्तुष्टि पोखे । उनले यस्ता कामले प्रधानमन्त्रीको छविलाई राम्रो नगर्नेसमेत तर्क गरे ।

उनले भने-“यस्तो देखेर म चाहीँ हाँस्छु । प्रधानमन्त्रीको छविलाई यसले मद्दत गर्दैन् । नेपालमा विपी कोइरालाको तुलना गरेर कुनैपनि नेताले दाबी गर्ने अवस्था छैन्, किनभने विपी कोइराला भनेको विपी कोइराला हो, उहाँ विचार व्यवहार दुवैको संगमविन्दु हो । त्यो मध्यविन्दु हो उहाँ । उहाँको विचारमात्रै होईन, नीतिमात्रै होईन, व्यवहार पनि सबभन्दा विचित्र थियो । म त विपी कोइरालासँग हिँडेको मान्छे हो ।”



प्रतिक्रिया दिनुहोस्