Logo

‘महन्थ ठाकुर पक्षकोे गतिविधि नमच्चिने पिङको सय झड्का’ : राजेन्द्र श्रेष्ठ



काठमाडौं, साउन २३ । जसपाका नेता राजेन्द्र श्रेष्ठले मधेसमा महन्थ ठाकुर पक्षका गतिविधि अवैध भएको बताएका छन् । निर्वाचन आयोगले अर्को पार्टी गठन गर्न भनिसकेपछि पनि जसपाकै नाममा गतिविधि गर्न नसुहाउने श्रेष्ठले टिप्पणी गरे ।

आज बिहान नेपाली रेडियो नेटवर्क ९एनआरएन०को कार्यक्रम नेपाली बहसका निम्ति पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने, ‘निर्वाचन आयोगले भनेबमोजिम अर्को पार्टी गठन गर्ने कि नगर्ने उहाँहरुको कुरा हो । तर पार्टीबाट निकालिइसकेका नेताहरुले जसपाका नाममा गर्ने गतिविधि अवैध हुन्छ । साँच्चै भन्ने हो यो नमच्चिने पिङको सय झड्काजस्तै हो ।’

अहिले आन्दोलनको बेला नभएको पनि उनले स्पष्ट पारे । ‘हिजो उहाँहरु केपी ओलीको प्रतिगामी कदमलाई साथ दिँदै संघीय लोकतन्त्र, संविधान, संसद् समाप्त गर्ने काम लागेको होइन रु हामीले पार्टीभित्रबाट कारबाही गरिसक्यौं । मैले त खुट्टी हेर्दै पत्याएँ,’ उनले थपे ।

निर्वाचन आयोगले आधिकारिकता विवादमा ५२ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ जना एकातिर उभिएकाले ठाकुरका पक्षमा एक तिहाइ मत पनि नपुगेको, तटस्थ मत जाहेर गरेका सांसद रेशम चौधरी पनि संस्थापन पक्षमै रहेको यथार्थ हुँदा हुँदै जसपाकै नाममा गतिविधि गर्न नमिल्ने उनको जिकिर छ ।

पाँच दलको शीर्ष तहमा मन्त्रालय बाँडफाँट भए पछि कसकसलाई मन्त्री पठाउने भन्ने टुंगो लाग्ने उनले बताए । श्रेष्ठ सम्मिलित कार्यदलले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र मन्त्रीको आचारसंहितासम्बन्धी प्रतिवदेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । प्रधानमन्त्रीले त्यसलाई हेरेर जारी गर्ने पनि उनले बताए । अब संयुक्त सरकारको मर्म र भावना अनुसार सरकार चल्ने र अन्तरसंघर्ष नहुने भएकाले नमुना सरकार सञ्चालन हुने उनले दाबी गरे ।

कार्यदलले कोभिड १९ को संकट समाधान, केपीओलीको भताभुंग पारेको प्रणालीलाई पुनः लिकमा ल्याउने, संघीय शासन प्रणालीलाई समुन्नत बनाउनेन्यायपूर्ण, समतामुलक र समृद्ध नेपाल बनाउने, संविधान संशोधन गर्ने, प्रदेश र स्थानीय तहका सरकारको सबलीकरण गर्ने, विप्रेषणमुखी होइन, उत्पादनमुखी अर्थतन्त्रमा जाने आदि एजेन्डा तय गरेको पनि उनले बताए । संविधान संशोधनमा ओली पक्षको पनि सहयोग रहने उनले विश्वास व्यक्त गरे । सरकारमा छँदा एउटा कुरा बाहिर हुँदा अर्का कुरा गर्न नमिल्ने पनि उनको भनाइ छ ।

असोजसम्म एक तिहाई जनतालाई खोप दिने अभियान सरकारले लिएको उनले बताए । सकेसम्म नेपालमै खोप उत्पादन गर्न भ्याक्सिन ल्याब खोल्ने पहल पनि भइरहेको उनको भनाइ छ । एमसीसीको राष्ट्रिय हितका पक्षमा सामान्य छलफल भए पनि ठोस निष्कर्ष ननिस्केको नेता श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot