Logo

ब्राजिललाई ओलम्पिक फुटबलको स्वर्ण



एजेन्सी, २३ साउन । ब्राजिलले टोकियो ओलम्पिकको फुटबलको स्वर्ण जितेको छ । स्पेनलाई २-१ ले पराजित गर्दै ब्राजिलले ओलम्पिकको पुरुषतर्फको फुटबलको स्वर्ण जितेको हो ।

९० मिनेटको समयमा १-१ को गोल भएपछि थपिएको समयको दोस्रो हाफमा ब्राजिलका माल्कोमले गोल गरी टोलीलाई स्वर्ण जिताएका थिए । माल्कोमलाई ब्राजिलका प्रशिक्षकले सब्सिट्युट गरेर मैदानमा ल्याएपछि टोली निकै प्रभावशाली भएको थियो ।

ब्राजिलले सन् २०१६ मा रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो । उसले लगातार ओलम्पिकमा स्वर्ण जितेर इतिहास रचेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot