Logo

सीमामा २ सय २४ वटा बीओपी, १ सय २० थपिँदै



काठमाडौं, साउन २४ । सरकारले नेपालको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) को स्थापनालाई तीव्रता दिएको छ ।

सरकारले सीमा सुरक्षालाई मजबुद्ध बनाउन र नेपाली भूमिको रक्षा गर्नका लागि पछिल्ला वर्षमा सीमानामा बीओपी स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ । बीओपी स्थापनालाई सत्ता गठबन्धले हालै सार्वजनिक गरेको सरकारको साझा कार्यक्रममा पनि प्राथमिकता दिइएको छ ।

हालसम्म भारततर्फ २ सय १७ र चीनको सीमातर्फ ७ वटा बीओपी स्थापना भएर सञ्चालनमा आइसकेको छ । सीमा सुरक्षा र सीमाको व्यवस्थापनको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बीओपीको संख्या बढाउँदै लगेको हो ।

महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेको साढे तीन वर्षको अवधिमा १ सय ३७ वटा बीओपी थपिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालका अनुसार सीमा नाकामा ५ सयभन्दा बढी बीओपी स्थापना गर्ने लक्ष्य राखेर सशस्त्रले गृह मन्त्रालयसँग थप बीओपी स्थापना गर्न अनुमति मागेको छ ।

हाल प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ७२, वागमती प्रदेशमा ९, गण्डकीमा २, लुम्बिनीमा ४१, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ४७ वटा बीओपी स्थापना भएर सञ्चालनमा आएको छ । सबैभन्दा बढी २ नम्बर प्रदेशमा ७२ वटा र सबैभन्दा कम कर्णाली प्रदेशमा १ वटा बीओपी स्थापना भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot