Logo

सानिमा लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, २४ साउन । सानिमा लाईफ इन्स्योरेन्सले साउन २० गतेदेखि बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन दिने  आज अन्तिम दिन हो । कम्पनीले बिक्रि खुल्ला रहेको ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमा माग भन्दा बढी आवेदन परेपछि आजसम्म मात्र बिक्रिमा रहने जनाइएको छ ।

कम्पनीको अनुसार सर्वसाधारणमा वितरण गर्न लागेको कुल आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सार्वजनिक निष्कासनमा आएको ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्