Logo

इन्फिनिटी लघुवित्त र नेपाल एग्रोको एकिकृत कारोबार भदौ ४ देखि



काठमाडौं, २१ असार । इन्फिनिटी लघुवित्त बित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेसँगै एकिकृत कारोबार भदौ ४ गतेदेखि हुने भएको छ ।

यी दुई कम्पनीले आ–आफ्नो विशेष सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले प्राप्ति गर्ने साउन १५ गने स्वीकृती दिएसँगै एकिकृत कारोबार सुरु हुने भएको हो ।

कम्पनीको सभाले नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयरको अनुपात कायम गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको सभा केन्द्रिय कार्यालय गैडाकोटमा सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot