Logo

बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ जारी गर्ने



काठमाडौं, २४ साउन । बृद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले १२ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । प्रतिशेयर १०० अंकित मुल्यका कुल १२ लाख आईपीओ मध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानियलाई ४ लाख कित्ता बिक्रि गर्ने कम्पनीले जनाएको छ ।

साउन ३२ गतेदेखि बिक्रि खुल्ला हुने आईपीओमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्ममा न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले व्यवस्था गर्ने भएको छ ।

शेयर बिक्रि प्रबन्धक तथा निष्कासनमा सिभिल क्यापिटल रहेको छ । शेयर खरिदको लागि ज्योति विकास, प्रभु बैंक र सिभिल ंबैंकले तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot