Logo

एक्सन–थ्रिलर फिल्म ‘एक्स ९’ मा अनमोल अनुबन्धित



काठमाडौं, २४ साउन । अभिनेता अनमोल केसी एक्सन–थ्रिलर फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका छन् । हिजो (शनिवार) काठमाडौंको म्यारियट होटलमा फिल्मका निर्माताको टोली र अनमोलबीच कागजी सम्झौता भएको हो ।

निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने उक्त फिल्ममा अनमोल शिर्ष चरित्रमा देखिनेछन् । उनले महंगो पारिश्रमिक बुझेर फिल्ममा हस्ताक्षर गरेको जनाइएको छ । फिल्मको टिम लामो समयदेखि अनमोलसँग छलफलमा थियो । निषेधाज्ञाअघि नै दुई पक्षबीच मौखिक सहमति भए पनि कागजी सम्झौता भएको थिएन । फिल्मको छायांकन जनवरीबाट सुरु हुने भएको छ ।

 

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । नेपालसँगै यूरोप, आबुधाबी र क्यानडामा खिचिने फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवालको पनि अभिनय रहनेछ ।

नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा निर्माण टिमले भिलेनको भूमिका बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको बताईएको छ । उनीसँग एग्रिमेन्ट गर्न निर्माण टिम चाँडै भारत जाने बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot