काठमाडौँ, २४ साउन। कोरोना महामारीको अग्रपंक्तिमा रहेर बिरामीहरुको उपचारमा अहोरात्र खटिएका अस्पताल व्यवस्थापक एवं मेट्रोन, मेडिकल सपोर्ट, स्वास्थ्य सहयोगी कर्मचारीहरुसहित ८० जना र ७ वटा स्वास्थ्य संस्थाले कोभिड –१९ विशिष्ट सम्मान प्राप्त गरेका छन् ।
नेपालको सम्पूर्ण क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै बिभिन्न अवसरमा सम-सामयिक टक–सो, अन्तरक्रिया, खोजी पत्रकारिता पुरस्कार तथा अप्ठ्यारोमा परेका जनसाधारणका लागि राहत वितरण सम्बन्धी कार्यहरु गर्दै आएको बारबरा फाउन्डेशनले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचारमा राज्यतहको कमजोर पुर्वाधार, अपर्याप्त सहयोग र सिमित स्रोत–साधनका माझ अग्रपंक्तिमा उभिएर सेवाकारी काममा खटिनुहुने संस्थालाई पूर्व राष्ट्रपति रामवरण यादवद्धारा बिशिष्ट सम्मान प्रदान गरेको हो । कोभिड सिर्जित महासंकटका बेला अग्रपंक्तिमा खटिएर आफ्नो नियमित जिम्मेवारीभन्दा पनि माथि उठी उत्कृष्ट योगदान गर्ने नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, काठमाडौँका चिकित्सक डा. मनोज यादवले विशिष्ट सम्मान प्राप्त गरेका छन्।
फाउन्डेशनले कोभिड महामारी बिरुद्धको लडाईमा अग्रणी भूमिका निर्वाह गर्ने संस्थालाई कठीन समयमा समेत उत्कृष्ट योगदान पुर्याएबापत संस्थागत विधातर्फ भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवासहित सातवटा संस्थालाई सम्मान गरेको छ ।-Photo Source: Facebook/ Manoj Yadav