एजेन्सी, २४ साउन । टोकियो ओलम्पिकमा अमेरिकाले सर्वाधिक स्वर्ण जितेको छ । अन्तिम दिन अमेरिकाले ३ स्वर्ण जित्दै चीनलाई उछिनेको हो । उसले ३९ स्वर्ण जितेको छ । चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ ।
पदक तालिकामा २७ स्वर्णका साथ जापान तेस्रो, २२ स्वर्णका साथ बेलायत चौंथो र २० स्वर्णका साथ रुस पाचौं स्थानमा रहन पुगे । रुस डोपिङ प्रतिबन्धका कारण रुसी ओलम्पिक कमिटीका नाममा सहभागी भयो ।
कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिलो गरी आयोजना भएको टोकियो ओलम्पिकमा दर्शकहरु प्रत्यक्ष रुपमा हेर्नबाट वञ्चित भए । तर, खेलाडीहरुले करोडौं करोड दर्शक टेलिभिजनमा हेरिरहेको बुझेर हौसलाका साथ खेले ।
यसपटकको ओलम्पिकमा स्विमिङ, एथलेटिक्स, सुटिङ, डाइभिङ, जिम्न्यास्टिक, भारत्तोलन जस्ता खेलहरुमा विश्व किर्तिमान कायम भए ।
एथलेटिक्सको छोटो दूरीमा जमैकाको बर्चश्व रह्यो । स्विमिङ र एथलेटिक्समा अमेरिकाको बर्चश्व केही कमजोर भयो । तर, अमेरिकाले १२८ वटा पदक एथलेटिक्समा मात्र जित्यो । स्विमिङमा ५० पदक जित्यो ।
दक्षिण एशियाबाट भारतले मात्र ओलम्पिकमा पदक जित्यो । भारत १ स्वर्ण, २ रजत र ४ काँस्यका साथ ४८औं स्थानमा रहन पुग्यो । टोकियो ओलम्पिकमा भारतले अहिलेसम्मकै सर्वाधिक पदक जितेको छ ।
नेपालले ओलम्पिकमा कुनै पदक जितेन । नेपाली पौडीवाजहरुले राष्ट्रिय किर्तिमानमा भने सुधार गरे । यो नै नेपालको सफलता बन्यो ।