Logo

सरकारले किनेर जमिनमा व्यक्तिगत स्वामित्व अन्त गर्नुपर्छः बामदेव गौतम



काठमाडौं, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जमिनमाथि व्यक्तिको स्वामित्व अन्त गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभामा बोल्दै उनले व्यक्तिगत स्वामित्व अन्त गर्नुपर्ने बताएका हुन् ।

‘जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म सुकुम्बासी समस्या रहिरहन्छ,’ गौतमले भने,‘जमिनमाथि व्यक्तिको स्वामित्व अन्त गर्नुपर्छ, व्यक्तिको भए सरकारले खरिद गर्नुपर्छ ।’

एकाथरी मानिसहरु जमिनमाथि स्वामित्वबाट प्रयोग गरी धनी हुने र अर्काथरी मानिसहरु सुकुम्बासी हुँदै जाने अवस्था विकास भएको बताए । जमिनलाई लिजमा दिने वा सही उपयोग गर्नुपर्नेमा जोड दिए ।

सरकारले भूमि आयोग बिघटन गरेकोमा फेरि अर्को आयोग गठन नगर्न सुझाव दिए । भूमि आयोग बिघटनबारे क्रिया प्रतिक्रिया आइरहँदा गौतमको भनाई आएको हो ।



प्रतिक्रिया दिनुहोस्