Logo

कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ



पर्सा, २४ साउन । कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । कालोबजारी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका १३ मुर्ली बस्ने अब्दुल अन्सारीको मासु पसलमा काम गर्ने सोही ठाउँ बस्ने २८ वर्षीय रोज अन्सारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा रोज अन्सारीले खसीको मासु हो भनी बाख्राको मासु विक्री गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको फेला पारी रोज अंसारीलाई सो मासु सहित पक्राउ गरेको जनाएको छ ।

उनीमाति कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको तथा पसलका संचालक अब्दुल अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot