काठमाडौं, २४ साउन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले केपी शर्मा ओलीको बहिर्गमन र शेरबहादुर देउवाको आगमनलाई आफूले कुनै हलचलको रुपमा नलिएको स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपालसँगको कुराकानीमा केसीले भने,‘यो हलचलजस्तो लाग्दैन् मलाई, यो सत्ताको लागि जस्तोसुकै गर्ने, मरिमेट्ने, अपवित्र गठबन्धन गर्ने यो फोहोरी खेलजस्तो हो ।’
उनले खोप लाउन नपाउनेमध्ये आफूपनि एक रहेको सुनाए । उनले ओली सरकारले व्यवस्था गरेको खोपपनि वर्तमान सरकारले उचित तवरले जनतालाई लगाउने प्रबन्ध नगरेको गुनासो पोखे । प्रधानमन्त्री देउवालाई विपीसँग दाँज्ने काम त भक्तहरुले मात्रै गरेको उनको टिप्पणी छ । उनले सुखी नेपाली, समृद्ध नेपालसँग एमसीसीको कुनै साईनो नभएको जिकिर गरे । उनले आफूले प्रधानमन्त्रीबाट बहिर्गमन भएपछि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको जिकिर गरे । उनले शुभचिन्तकहरुको कारण ओलीसँग चिया गफ भएको स्मरण गराए ।