काठमाडौं, २४ साउन । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर विनोद कुमार पौडेललाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । पौडेलले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्न रकमसहित बुढानिलकण्ठस्थित सव्रिना होटलबाट नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।