Logo

लोकप्रिय गायक शम्भु राईको ‘सानु’ सार्वजनिक



काठमाडौं, २४ साउन । लोकप्रिय गायक शम्भु राईको नयाँ म्युजिक भिडिओ ‘सानु’ सार्वजनिक भएकोे छ । ‘सानु’मा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द, सृजना र संगीत रहेको सो गीतको भिडिओलाई समन अधिकारीले निर्देशन गरेका छन् ।

भिडिओमा पल शाह र निराञ्जली लामाको दमदार अभिनय रहेको रहेको छ । ‘एनी हौ आँखैमा झलझली’ जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot