Logo

युभेन्टसलाई हराउँदै बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी



काठमाडौं, साउन २५ । इटालियन क्लब युभेन्टसलाई हराउँदै बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्टसमाथि ३-० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको हो ।

आइतबारमात्र क्लब इतिहासकै उत्कृष्ट खेलाडी लियोनल मेस्सीलाई बिदाइ गरेको बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, कार्लोस ब्राटवेट र रिकार्ड पिउगले समान १/१ गोल गरे । खेलको तेस्रो मिनेटमै डिपेले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए । ५७ औं मिनेटमा ब्राथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

यस्तै खेलको अन्तिम मिनेटमा पिउगले गोल गर्दै बार्सिलोनालाई ३(० गोलको शानदार जित दिलाए । यससँगै प्रि-सिजनमा ५ मैत्रीपूर्ण खेल खेलेको बार्सिलोनाले ४ जित र १ हारको नतिजा निकालेको छ । अब बार्सिलोनाले अगस्ट १५ मा रियल सोसिडाडसँग खेल्दै ला लिगाको शुरुवात गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्