काठमाडौं, २५ साउन । नेपाली बजारमा सुनको मुल्य केही दिनदेखि निरन्तर घट्दै आएको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य ८९ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी, आज चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।