Logo

पैसा नभएको चेक काट्ने एक पुरुष ललितपुरबाट पक्राउ



काठमाडौ, २५ साउन । बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी चिरायु खालिङ्लाई प्रहरीले पक्राउ गरेको छ । पैसा नभएको चेक काटेर दिने ४२ वर्षीय खालिङ्लाई महालक्ष्मीस्थानबाट ५ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ फागुन १० गतेको फैसलाले उक्त मुद्दामा ६ दिन कैद र १५ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेकोमा उक्त सजाय बेरुजू रही खलिङ् फरार हुँदै आएका थिए ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्