काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १४ लाख व्यक्तिका लागि खोप वितरण सुरु भएको जनाएका छन् । कोभिशिल्ड खोपको पहिलो खेप लगाएका र दोस्रो खेपको प्रतिक्षामा रहेकाहरुलाई आजबाट दोस्रो खेप सुरु गरिएको उनको भनाई छ ।
श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘कोभिशिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहनुभएका ६५वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि खोप वितरण शुरु भएको छ।’