Logo

गृह सचिवमा जान प्रतिस्पर्धीमाथि प्रोपागाण्डा



काठमाडौं, २५ साउन । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै गृह सचिवका लागि तीब्र लबिङ सुरू भएको छ । सचिव भएकाहरु गृह सचिव हुने चाहना राख्ने गर्छन् । सबै सचिवको रोजाईंमा गृह मन्त्रालय पर्ने गरेको छ । तर केही सचिव भने आफ्नो सम्बन्ध सर्कल मार्फत अन्य सचिवलाई झुटा आरोप लगाएर गृहमा जान लागिपरेको पाइएको छ ।

त्यो मध्येका राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव केवलप्रसाद भण्डारीले गृहमा आउन आफ्ना प्रतिस्पर्धीमाथि प्रोपागाण्डा सुरू गरेको सिंहदरबारभित्र चर्चा चल्न थालेको छ । उनले आफूलाई राम्रो देखाउन गृहमा आउन चाहने अन्य प्रतिस्पर्धीमाथि प्रमाणित र पुष्टी नै नहुने आक्षेप लगाउन लाएर गृहमा आउन खोजेको प्रधानमन्त्रीको सचिवालयमा चर्चा छ । हुन पनि अर्थ मन्त्रालयको अनुभव सम्हालेका भण्डारी अर्थमा जान खोजेका थिए । तर मधुप्रसाद मरासिनीले उछिनेपछि अहिले उनको आँखा गृहमा परेको स्रोतको भनाई छ ।

भण्डारीको प्रोजेक्सनमा अन्य प्रतिस्पर्धीलाई गलत आक्षेप लगाएर गृहमा जाने लाइन क्लियर पार्न खोजेको सिंहदरबारमा चर्चा हुन थालेको छ । यस्ता प्रोपागाण्डाले अन्य प्रतिस्पर्धीलाई भन्दा पनि उनैलाई असर पुऱ्याउने प्रशासनिक वृत्तमा कुरा चल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्