Logo

आफ्नै पार्टीको महाधिवेशन ५/५ पटक तोकेको मितिमा गर्न नसक्नले कसरी देशमा तीन तहको निर्वाचन गराउन सक्छ ? : पुरञ्जन आचार्य (भिडिओसहित)



काठमाडौं, २५ साउन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसको भविष्य सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा रहेको टिप्पणी गरेका छन् । उनले बाँकी अवधिमा कांग्रेसको अधिवेशन नहुने खुलासा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कांग्रेसको महाधिवेशन हुनको लागि अब चमत्कार नै हुनुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्री बनेको एक महिना बितिसक्दा पनि देउवाले राष्ट्रको नाममा सम्बोधन नआएको पनि गुनासो पोखे । उनले भने,‘उहाँ कुन परिस्थितिमा प्रधानमन्त्री हुनुभयो, अबको बाटो के हो ? भनेर राष्ट्रको नाममा सम्बोधन गर्नुपर्ने होईन र ?’ उनले आफूले सभापति देउवाले पार्टी चलाउन नसकेको भनेर यसअघि पनि भनेको स्मरण गराए । उनले देउवाको नेतृत्वमा कांग्रेसले सर्मनाक हार व्यहोरेको पनि सुनाए । तर, पनि सभापतिले नैतिकताको आधारमा राजीनामा पनि नदिएको पनि उनको गुनासो थियो । आगामी भदौ २३ गतेपनि कांग्रेसको कार्यसमिति वैधानिक रुपमा नरहनेपनि नको भनाई छ ।

उनले पार्टी सभापति देउवाले आफ्नो पार्टीको अधिवेशन समयमै गर्न नसकेकोले भोलि उनले देशमा तीन तहको निर्वाचन कसरी गराउन सक्छन् ? भन्ने प्रश्न उठेको पनि सुनाए । उनले भने,‘आफ्नो पार्टीको महाधिवेशन गर्न नसक्नेले भोलि देशमा तीन तहको निर्वाचन गर्न सक्छ कि सक्दैन् ? यो १८ महिना देश चलाउन सक्छ कि सक्दैन् ? एकपटक वा दुईपटक नसक्दा पो जनताले माफी दिन्छन्, पाँच पटकसम्म नगर्दा त जनताले कसरी क्षमा दिन्छन् ? महाधिवेशनलाई लिएर देउवामा कन्फिडेन्स म कमजोर नै देख्छु ।’



प्रतिक्रिया दिनुहोस्