Logo

लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार जोगाउन एमाले अदालत पुग्यो



काठमाडौं, २५ साउन । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्ने नयाँ रणनीति देखिएको छ । सत्तापक्ष नेकपा एमाले पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन माग गर्दै सर्वोच्च अदालतमा पुगेको छ ।

एमालेले अविश्वासको प्रस्ताव फिर्ता गर्न रिट दायर गरेपछि भोलिका लागि पेशी तोकिएको छ । लुम्बिनीकी सांसद लिला गिरीले सर्वोच्च अदालतमा आज रिट दायर गरेकी हुन् ।

२७ साउनका लागि प्रदेश प्रमुखले प्रदेश सभा बैठक आव्हान गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी ३४ जना सांसदले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । उनीहरुले विशेष अधिवेशनको समेत माग गरेका थिए ।

अविश्वासको प्रस्ताव अगाडि बढ्न लागेपछि एमालेले लुम्बिनी प्रदेशको सत्ता जोगाउन नयाँ रणनीति चालेको हो । एमालेले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने जिकिर गर्दै आएको छ । अविश्वासको प्रस्तावका लागि विशेष अधिवेशन बोलाउन नमिल्ने जिकिर समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot