काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीमा अब ३५ जना मात्र कार्यकारिणी समितिका सदस्य रहेका छन् । निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिको अद्यावधिक गरेपछि १६ जना कार्यकारिणी समितिका सदस्य हटाइएका हुन् ।
कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षधर कोही पनि रहेनन् । उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर मात्र रहेका छन् । तटस्थ भूमिकामा रहेका रेशम चौधरी पनि कार्यकारिणी समितमा रहेका छन् ।
निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिएपछि अद्यावधिक गर्न पत्र पठाएको थियो । सोही आधारमा उनले बैठक बसी ३५ सदस्य रहने पत्र पठाएका थिए ।
जसपा अद्यावधिक भएसँगै उपेन्द्र यादवको बाबुराम भट्टराईसँग टकराव सुरु भइसकेको छ । सरकारमा जाने विषयमा विवाद चर्किएको छ ।-फाइल तस्बिरः मुकुन्द कालिकोटे