Logo

प्रधानसेनापति थापाले रथी शर्मालाई गरे सेनाको कमाण्ड हस्तान्तरण



काठमाडौं, २५ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कमाण्ड हस्तान्तरण गरेका छन् । आज जंगी अड्डामा औपचारिक बुझबुझारथ सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति थापा आजबाट अनिवार्य घरबिदामा बसेका छन् । उनी बिदामा बसेपछि भोलिबाट रथी प्रभुराम शर्मा नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकिइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई भोलिबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापति तोकिसकेकी छिन् ।

तस्बिरः नेपाली सेना



प्रतिक्रिया दिनुहोस्

Screenshot