Logo

ओलीको प्रश्नः माओवादी लडाकुको शिविरको भ्रष्टाचार, लुट र सम्पत्ति कब्जा छानविन हुन्छ ?



काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरको भ्रष्टाचार, लुट र सम्पत्ति कब्जाको छानविन गर्न सरकारलाई चुनौती दिएका छन् । आज पार्टी केन्द्रीय कमिटीमा बौल्दै उनले आफ्नो पालामा भएका स्वास्थ्य सामाग्री खरिद छानबिन गरी दोषी उपर कारबाही गर्ने सरकारको निर्णयप्रति आक्रोश पोख्दै चुनौती दिएका हुन् ।

भ्रष्टाचारीलाई कारबाही गर्ने रे ? माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार विगतमा भएका लुट, निजी सम्पत्ति कब्जाको पनि छानविन हुन्छ ? ओलीले प्रश्न गरे । उनले झुटो मुद्दा लगाएर फसाउने षड्यन्त्र भइरहेको भन्दै आक्रोश पोखे ।

आफ्नो पालामा वाइड बडी खरिद, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्डको छानविन गरी कारबाही बढाइएको बताए । काण्डमा संलग्नहरु अहिले गठबन्धनमा रहेको भन्दै कारबाही गर्न चुनौती दिए ।

ओलीले माधव नेपाल प्रचण्डसँग मिलेर पार्टी ध्वस्त पार्न लागेको आरोप लगाए । प्रचण्ड ध्वंसात्मक गतिविधिमा संलग्न हुँदै आएको भन्दै माधव नेपाल उनको पछि लागेको टिप्पणी गरे ।

संशोधनसहित अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित हुनुपर्नेमा जोड दिए । उनले एमसीसी पारितका लागि संसदमा ल्याउन चुनौती समेत दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot