काठमाडौं, साउन २६ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले जित निकालको छ । गएराति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३–१ गोलले पराजित गरेको हो ।
एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फर्मिन्होले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको १४ औं मिनेटमा जेसस अरेसोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । २१ औं मिनेटमा फर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
४१ औं मिनेटमा फर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले पहिलो हाफमा ३–० गोलको अग्रता लिएको थियो । ७० औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाकीं समयमा थप गोल गर्न नसक्दा लिभरपुल खेलमा ३(१ गोलले विजयी भएको हो ।