काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २६ करोड रुपैयाँ बराबरको रकम ३ सय ६६ दिनको लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।
साउन २७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताज गरेको ब्याजदर समेत स्पष्ट पारेर राष्ट्र बैंकको निवेदन दिन समेत आग्रह गरेको छ ।