Logo

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकको निक्षेप घट्यो



काठमाडौं, २६ साउन । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । यो चालु आवमा निक्षेप ६१ अर्ब रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप साउन २२ गतेसम्म ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ ।

साउन महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको कुल निक्षेप ४१ खर्ब ५८ अर्ब रुपैयाँ, दोस्रो सातामा ४१ खर्ब ५३ अर्ब र तेस्रो सातामा ४१ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको हो ।

कर्जा लगानीमा भने साउन महिनाको तेस्रो सातासम्म वाणिज्य बैंकहरुको सामान्य सुधार भएको जनाइएको छ । ३७ खर्ब ३२ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको कुल कर्जा रहेको छ ।

गत आर्थिक वर्षको अन्तिम असार महिनामा कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो भने यो तीन साताको अवधिमा वाणिज्य बैंकहरुले कुल कर्जा लगानी ११ अर्ब रुपैयाँले बढी गर्न सफल भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot