काठमाडौं, २६ साउन । माछापुच्छ्रे बैंकले सञ्चालकमा बन्दना कार्कीलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले कार्कीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
सृजना कार्कीले राजिनामा दिएसँगै रित्त भएको पदमा कार्की सर्वसाधारण सेयरधनीको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् ।
साउन ५ गतेको उनको राजीनामालाई साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।