Logo

सिभिल लघुवित्तको नयाँ शाखा शेषमतिमा विस्तार



काठमाडौ., २६ साउन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ नयाँ शाखा कार्यालय विस्तार गरेको हो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाको नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा पुगेको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्देश्यका साथ आफ्ना सेवाहरु ५१ हजार घरपरिवारमा पु¥याएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्