काठमाडौं, २६ साउन । प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज श्वेतपत्र पेस गर्ने कार्यक्रम तय भएको छ । मन्त्री शर्माले स्वेतपत्र तयार पारिसकेका छन् । अब आउने स्वेतपत्रमा मुलुकको वास्तविक आर्थिक अवस्था झल्काईने उनको भनाई छ ।
वर्तमान अर्थतन्त्रको वृहत आर्थिक सूचांक, आयात निर्यात, रोजगारीको अवस्था, बजेट खर्चको अवस्था, पुँजीगत बजेट खर्च , आर्थिक वृद्धिलगायतका वर्तमान आर्थिक परिदृष्यहरूलाई श्वेतपत्रमा समेटिनेछ ।
नयाँ सरकारले यसअघि केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटपनि प्रतिस्थापन गर्ने तयारी गरेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नै नयाँ बजेट ल्याईने चर्चा छ । File Photo/ReportersNepal