Logo

भन्सालीको फिल्म ‘बैजू बावरा’ चर्चामा, दिपिकाले रणवीरको बराबर मागिन् पारिश्रमिक



काठमाडौं, २६ साउन । बलिउडका सफल तथा चर्चित निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘बैजू बावरा’ यतिबेला चर्चाको शिखरमा छ । उनले यसअघि फिल्ममा अभिनेता रणबीर कपूरलाई लिन चाहेपनि हाल भने अब यो रोलका लागि अभिनेता रणवीर सिंह अनुबन्ध भएका छन् ।

समाचार अनुसार रणवीरको अपोजिटमा उनकी पत्नी दिपिका पादुकोणले रणवीरले जत्ति नै पारिश्रमिक माग गरेपछि भने भन्साली अन्यौलमा परेका छन् । भन्सालीले रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर राम लीला, बाजीराव मस्तानी र पद्मावत जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् । तर, दीपिका श्रीमान् रणवीरभन्दा कम पारिश्रमिक लिएर फिल्ममा काम गर्न तयार छैनन् ।

दिपिकाले साउथ सुपरस्टार प्रभाससँग एक फिल्ममा काम गर्न भारतीय २० करोड पारिश्रमिक बुझेको हल्ला छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot