Logo

ब्राजिलमा २ करोड बढी कोरोना संक्रमित, ५ लाख ६३ हजारको मृत्यु



एजेन्सी, २६ साउन । कोरोना भाइरसले विश्वभर आक्रान्त बनेको बेला ब्राजिलमा ५ लाख ६३ हजार बढी संक्रमितको मृत्यु भइसकेको छ । हाल ब्राजिलमा २ करोड १ लाख ७८ हजार १४३ जना संक्रमितको संख्या रहेको छ । त्यस्तै, संक्रमित मध्ये १ करोड ८९ लाख ३९ लाख ५१ जना संक्रमित निको भएका छन् भने ६ लाख ७५ हजार ३८५ जनाको उपचार भैरहेको छ ।

यसैगरी, ८ हजार ३ सय १८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ । ५ लाख ६३ हजार ७०७ जनाको हालसम्म कोरोना संक्रमणबाट निधन भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । आज १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । । हिजो देशका विभिन्न ठाउँमा २२ जनाको सक्रमणबाट मृत्यु भएसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउने संख्या १० हजार १ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot