Logo

करीना कपुरले सानो छोराको नाम के राखिन् ?



एजेन्सी, २६ साउन । केही समय अघि बलिउड अभिनेत्री करीना कपुरले आफु गर्भवती हुँदाको अनुभवलाई समेटिएर तयार पारेको पुस्तक ‘प्रेग्नेंसी बाइबल’ सार्वजनिक गरेकी थिइन् । उक्त किताबलाई लिएर धेरै वादविाद भए । किताबको अन्तिममा करीनाले आफ्नो सानो छोराको नाम जहांगीर उल्लेख गरेकी छिन् । सानो छोरालाई उनले जेहको नामले बोलाउछिन् ।

करीनाले किताबमा गर्भवती अवस्थालाई लिएर दुवै छोरा र पति सैफ अली खानको बारेमा उल्लेख गरेकी छिन् । किताबको अन्तिम पानामा करीनाको गर्भवती हुँदा र बच्चा जन्माउदाको केही तस्वीर पनि छन् । एउटा फोटोको क्याप्सनमा करीनाले छोराको नाम जहांगीर दिएकी छिन् ।

त्यसो त केही दिन अगाडी करीनाको पिता रणधीर कपुरले सानो नातिको नाम जेह बताएसँगै बच्चाको नाम जेहलालद्दीन वा जहांगीर हुन सक्ने अनुमान गरिएको थियो । अब किताबमा भएको नामको आधारमा करीनाको सानो छोराको नाम जहांगीर भएको बुझिएको हो ।
करिनाको ठुलो छोराको नाम तैमुर अली खान हो । तैमुरको नामको विषयमा पनि विवाद हुँदा करीना सामाजिक संजालमा ट्रोल भएकी थिइन् । जहांगीर नाम पनि धेरै मानिसहरुलाई मन नपर्ने भएकोले सामाजिक संजालमा ट्रोल हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्