Logo

नेपाल मेडिसिटीद्वारा यती तथा तारा एयरका पाइलट र क्याबिन क्रियुलाई प्रि-हस्पिटल केयर प्रशिक्षण



काठमाडौं, २६ साउन । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्य कार्यान्वयनमा आएसँगै सेमबार अस्पतालमा पाइलट र क्याबिन क्रियु तथा प्रशासनिक कर्मचारीहरुलाई प्रि–हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरिएको छ  ।

नेपाल मेडिसिटीका प्रि हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारलिे प्रशिक्षण प्रदान गरेका हुन् । उक्त कार्यक्रममा यती तथा तारा एयरका १५ जना कर्मचारी सहभागी रहेको अस्पताल प्रशासनले जनाएको छ । देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्ने क्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको पनि जनाईएको छ ।

हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट  एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालीन  उद्धार उडान गर्न समेत सहज हुने भएको हो । द्विपक्षिय सम्झौताको कार्यान्वयनसँगै यती तथा ताराका कर्मचारीहरु त्था स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् ।

अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यती एयरलाइन्ससँगको यस सम्झौताले विशेष भूमिका खेल्नसक्ने आशा राखिएको छ । आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती तथा तारा एअरलाईन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्