काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) की सांसद शशि श्रेष्ठले सरकारले सबै जनतालाई पुग्नेगरि कोभिडविरुद्धको खोप कहिलेसम्म व्यवस्था गर्छ ? भनेर प्रश्न सोधेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो प्रश्न गरेकी हुन् ।
उनले भनिन्,‘प्रधानमन्त्रीले संसदमा आफ्नो प्राथमिकता खोप, खोप र खोप भन्नुभएको थियो । अहिलेसम्म खोपको आपूर्ति गर्ने काम कहाँ पुगेको छ ? अहिले कोरोना संक्रमण फेरि बढेको कुरा आएको छ, अस्पतालका बेडहरु भरिएका छन् । यसको रोकथामको लागि तयारी के छ ?’ उनले बाढि÷पहिरो प्रभावितहरु अहिलेपनि खुल्ला आकाशमा बस्न बाध्य भएको भन्दै उनीहरुको लागि राहतको व्यवस्था र उचित बसोबासको लागि के प्रवन्ध गरिएको छ ? भनेर पनि प्रश्न गरिन् ।