Logo

संसद्मा शान्ता चौधरीको कविता : ‘अब अफ्ताब आलमलाई छोडिन्छ, नियम कानून तोडिन्छ’



काठमाडौं, २६ साउन । नेकपा (एमाले) की सांसद शान्ता चौधरीले संसद्मा आज सरकारलक्षित व्यंग्यात्मक कविता सुनाएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले ‘ दलाल पुँजीवादको नेतृत्व गर्ने सरकारसँग कुनै आशा छैन्’ शीर्षकमा कविता वाचन सुनाएकी हुन् ।

यस्तो छ उनले सुनाएको कविता:

आलिशान महलमा तिम्रो बाश छ गरिबको गाँश खोस,
भूमिहिनको सपनामाथि आगो झोस
सिसाको महलबाट भोको पेट लिएर सडकमा छट्पट्एिकाहरुलाई ढुंगा हान
संसद्लाई लात हान
गठबन्धनप्रति जवाफदेही बन
संविधान हामी चिन्दैनौं, संसद् हामी जान्दैनौं
हाम्रो एउटा गबन्धन छ, त्यही गठबन्धनको एउटा उच्चस्तरीय संयन्त्र छ
संसद्ले भनेको मान्दैनौं उच्चस्तरीय संयन्त्रले भनेको मान्र्छौं
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरियो ।
विजय गच्छदारलाई सामान्य धरौटीमा छोडियो
अब अफ्ताब आलमलाई छोडिन्छ
नियम कानून तोडिन्छ
सर्वसाधारण जनताको बारेमा के मतलब ?
कोरोना को खोप त हुने खानेहरुलाई खोजेर लगाईन्छ
हामी त परमादेशबाट बनेको सरकार पो हो त
चानचुने कहाँ हो र ?
स्यावास सरकार, स्यावास
लाज लाग्यो मुकुण्डो किनेर ल्याउँला
अझै यस्तै यस्तै हर्कत गर्दै गर सरकार



प्रतिक्रिया दिनुहोस्