Logo

एमाले विभाजन निश्चितप्रायः, ओलीको सुर्य माधव नेपालको के



काठमाडौं, २६ साउन । नेकपा एमालेको औपचारिक विभाजन निश्चितप्रायः भएको छ । अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढेपछि माधव नेपाल समानान्तर कमिटी गठनसँगै नयाँ दल दर्ता प्रक्रियातर्फ बढेको छ ।

नेपाल समूहले केन्द्रीय कमिटी सदस्य र सांसद सदस्य निश्चित गरी भावी कदम तय गर्ने तयारी गरेको छ । त्यसका लागि जतिसक्दो धेरै केन्द्रीय कमिटी सदस्य र सांसद संख्या बनाउन दौडधूप चलेको छ ।

एमाले अध्यक्ष ओली शक्तिशाली बन्ने गरी विधान संशोधनमा बढिसकेका छन् । उनले माधव नेपाल पक्षलाई एमालेभित्र स्थान नदिने गरी बढेको देखिएपछि चाँडै विवाद पार लाग्ने गरी कदम चाल्ने तयारी भएको हो ।

विश्वस्त स्रोतका अनुसार नेपाल पक्ष मध्यस्थकर्ताको भूमिका निभाउँदै आएका भीम रावल, सुरेन्द्र पाण्डेलगायतको निर्णय केही समय कुर्ने र अगाडि बढ्ने गरी तयारी अवस्थामा छ । केन्द्रीय कमिटी र सांसद संख्यालाई हेरेर विभाजनको लागि अध्यादेशको वातावरण तयार गर्न लागिएको छ ।

नेपाल पक्षमा नवौं महाधिवेशनको निर्वाचितमध्ये ४० प्रशितशत केन्द्रीय सदस्य छन् । सांसद संख्या भने ३० को हाराहारीमा रहेको छ । यसैका आधारमा विधाजन सहज बनाउने गरी अध्यादेश आउन सक्ने बुझिएको छ ।

यसैगरी, एमाले विभाजन भएपछि ओली पक्षको सुर्य चिन्ह यथावत् हुने निश्चित छ । माधव नेपाल समूहले भने कुन चिन्ह लिने चासोको विषय बनेको छ । यसअघि नेपाल समूहका युवा नेता जीवन राईले नेकपा एकीकृत दर्ता गरी कलम चिन्ह लिएकाले त्यसैलाई अद्यावधिक गरेर नेपाल अगाडि बढ्ने चर्चा पनि छ । कलम चिन्हबाट खिमलाल देवकोटा माधव नेपाल समूहबाट राष्ट्रिय सभामा चुनाव लड्न पुगेका थिए । उनले जीत पनि हासिल गरे ।

उदाउँदो सुर्य चिन्ह लिएर फरक दल निर्वाचन आयोगमा दर्ता छ । त्यसैले माधव नेपालले कलम चिन्ह नै तयार गरिसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot