Logo

‘नो भ्याक्सिन नो इक्जाम’ भन्दै पद्यकन्या क्याम्पसमा परीक्षार्थीहरुको नाराबाजी



काठमाडौं, २६ साउन । कोरोना भाइरसविरुद्धको खोप विद्यार्थीलाई लगाएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै पद्य कन्या क्याम्पसमा परीक्षार्थीहरुले नाराबाजी गरेका छन् । आज कोरोना महामारीको जोखिमबीच खोप उपलब्ध नगराई परीक्षा संचालन गर्न लागेको भन्दै परीक्षामा सहभागी विद्यार्थीहरुले ‘नो भ्याक्सिन नो इक्जाम’ भन्दै प्रदर्शन गरेका हुन् ।

कलेजको गेट बाहिर प्रवेशपत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा विद्यार्थीहरु उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । भौतिक दुरी कायम हुन नसकेको भन्दै कोरोना संक्रमणको जोखिम उच्च भएको बिद्यार्थीहरुको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयले पुर्वनिधारित परीक्षालाई निरन्तरता दिई परीक्षा संचालन गरिरहेको छ । कोरोना भाइरसको संक्रमणको खतरा बढेसँगै सरकारले १२ कक्षाको परीक्षा स्थागित गरेको छ । लोकसेवा आयोगको पनि तालिका सार्वजनिक भएका परीक्षाहरु संचालन हुने जनाइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्