Logo

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा १ जना पक्राउ



कास्की, २६ साउन । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पोखरा महानगरपालिका १७ बिरौटा बस्ने स्याङजा अर्जुन चौपारी स्थायी घर भएका ३६ वर्षीय राजु भन्ने ख्याम बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

घर्तीले ती महिलालाई डरत्रास, धाकधम्की समेत दिई पोखरा महानगरपालिका ६ खहरेस्थित एक होटलमा लगि जबरजस्ती करणी उद्योग गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनी माथि जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्