काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी फिर्ता ल्याउँछु भन्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रमबारे प्रतिनिधि सभामा बोल्दै उनले कार्यक्रममा धेरै जिब्रो चपाएर कुरा उल्लेख भएको टिप्पणी गरे ।
‘जिब्रो चपाउँदा रगत आइसक्यो होला, ठोस तोकेर केही पनि बोलेको छैन,’ ओलीले भने,‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउँछु भन्न किन नसकेको ?’
सरकारले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे पनि केही बोल्न नसकेको टिप्पणी गरे । उनले भने,‘एमसीसीबारे ठोकेर यसो गर्छु भन्नुहोस् ।’
न्यूनतम कार्यक्रममा असमान सन्धी भनिएको तर के के हुन् स्पष्ट नपारिएको बताए । छिमेकीसँगको सीमा समस्या भनिएको तर तोकेर नभनिएकोमा आलोचना गरे ।