Logo

थ्री स्टार हाइड्रोपावरले १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने



काठमाडौं, २६ साउन । थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधरणको लागि आईपीओ निष्काशनको अनुमति माग गदै कम्पनीले नेपाल धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको हो ।

बोर्डले अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्